डडेल्धुरामा मेडिकल कलेज बन्ने, थालियो प्रारम्भिक अध्ययन
डडेल्धुराः डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम अगाडि बढेको छ। सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै प्रारम्भिक अनुगमन टोलीले शुक्रबार स्थलगत रूपमा निरीक्षण गरेको हो।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयको टोली मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिन डडेल्धुरा पुगेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए।
उनका अनुसार डडेल्धुरामा स्वास्थ्य प्रतिष्ठानका लागि केही वर्षयता अभ्यास गरिँदै आएकामा पछिल्लो समय सरकारले नै मेडिकल कलेजका लागि सैद्धान्तिक सहमतिको निर्णय गरेपछि गतिविधिहरू सञ्चालन भइरहेका छन्।