५० वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण नि:शुल्क, सरकारका सबै मन्त्रीले अंगदान गर्ने
काठमाडौं : सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ५० वर्षभन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो।
त्यस्तै, मृत्युपश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीहरुले अंगदान गर्ने घोषणा गरेको बताइएको छ।