डडेल्धुरामा कक्षा २ मा अध्ययनरत विद्यार्थीको अगुवाइमा वृक्षरोपण
डडेल्धुरा: डडेल्धुरामा कक्षा २ मा अध्ययनरत विद्यार्थीको अगुवाइमा वृक्षरोपण गरिएको छ। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ खलंगास्थित क्याम्ब्रिज पब्लिक स्कुलमा कक्षा २ मा अध्ययनरत ७ वर्षीय छात्र स्वहम् श्रेष्ठले विद्यालयमा वृक्षारोपण गरेका हुन्।
उनले नारी दिवसको अवसरमा विद्यालयको प्राङ्गणमा शिक्षकहरुको अगुवाइमा कक्षा ८ र ९ का विद्यार्थीहरुको सहयोगमा ३५ बोट दालचिनी र ३५ बोट राईसल्ला गरि जम्मा ७० बोट रोपेको उनका अभिभावकले बताएका छन्। दैनिक १० बोट रोप्ने ७ वर्षीय श्रेष्ठको लक्ष रहेको उनका बुवा दिपेन्द्रबहादुर श्रेष्ठले बताए।