सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजात शिशुको हत्या गर्ने एक महिला पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन २२, ०८:१७ खबर संवाददाता

चितवनः नवजात शिशुको हत्या गर्ने एक महिला पक्राउ परेका छन्। 

चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले कालिका नगरपालिका–१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो।

मञ्जुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस