सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत कार्यालय धनगढीमा बासको भ्रष्टाचारविरुद्ध शुद्धिकरण अभियान

२०७८ फाल्गुन २०, ०३:४० खबर संवाददाता

धनगढीः बागेश्वरी असल शासन क्लब (बास) कैलाली शाखाले मालपोत कार्यालय कैलालीमा भ्रष्टाचारविरुद्ध शुद्धिकरण कार्यक्रम गरेको छ। असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन कार्यक्रम गर्दै आएको बासले शुक्रबार धनगढीस्थित मालपोत कार्यालयमा भ्रष्टाचार शुद्धिकरण कार्यक्रम गरेको हो।

यस्तै कार्यक्रमपछि बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीलाई मालपोत कार्यालयमा हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न १० बुदे ज्ञापनपत्र बुझाएका थिए। 

यस्तै कार्यालय प्रमुख केसीले बासले गरेको उक्त कार्यक्रमको प्रसंशा गर्दै मालपोत कार्यालयमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न निरन्तर अभियानमा लाग्ने बताए। भ्रष्टाचारविरुद्ध शुद्धिकरण कार्यक्रममा बास कैलाली शाखाका झण्डै १२ जनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस