धनगढीमा प्रदेश युवा परिषदद्वारा सरसफाई कार्यक्रम
२०७८ फाल्गुन १९, १२:३२
धनगढीः धनगढीमा सुदूरपश्चिम प्रदेश युवा परिषदको सरसफाई कार्यक्रम सम्पन्न भएको छ। परिषदको आयोजनामा आज धनगढीस्थित शिवपुरी धाममा सरसफाई गरिएको हो।
स्वच्छ प्रदेश स्वस्थ युवा, स्वस्थ युवा समृद्ध प्रदेश भन्ने मुल नारा अनुरुप युवाहरुले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यस्वरुप परिषदले यस्ता कार्यक्रम गरिरहेको बताइएको छ। उक्त कार्यक्रममा प्रहरी, युवा तथा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो।
कमेन्ट लोड गर्नुस