सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद मोहन बानियाँलाई ५ दिन हिरासतमा राख्न अनुमति

२०७८ फाल्गुन १८, ०६:३० खबर संवाददाता

काठमाडौंः नेकपा एमालेबाट निर्वाचित मुगुका सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न जिल्ला अदालत, बाँकेले अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसूदन न्यौपानेले अदालतबाट प्राप्त समयमा थप अनुसन्धान र बानियाँको बयान प्रक्रिया थालिने बताए। बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। त्यसको आधारमा प्रहरीले १६ फागुनमा उनलाई पक्राउ गरेको थियो।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। बानियाँले आफूविरुद्ध आरोप झुट आरोप लगाइएको दाबी गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस