सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणकाजीलाई विप्लवद्वारा सहकार्यको प्रस्ताव

२०७८ फाल्गुन १८, १२:३९ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहकार्यको प्रस्ताव राखेका छन्। ​

बुधबार बिहान हरिसिद्धिस्थित श्रेष्ठकै निवास पुगेर महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट राष्ट्रियता र अबको राजनीति अगाडि बढ्न नसक्ने भन्दै वरिष्ठ नेता श्रेष्ठलाई एउटै मोर्चा बनाउन आग्रह ​गरेका हुन्। विप्लवले भेटवार्तामा एमसीसीको विषयमा प्रचण्डले जबर्जस्ती गरेको भन्दै राष्ट्रियताका पक्षधर एकजुट हुनुपर्ने बताए।

कमेन्ट लोड गर्नुस