धनगढीको राजपुर अन्धकार
शनिबार साँझ धनगढी उप–महानगरपलिका वडा नम्बर १३ राजपुरमा विद्युतका पोल भाँचिएपछि अहिलेसम्म गाँउमा विद्युत सुचारु भएको छैन्। वडा नम्बर १३ को कार्यालय अगाडी सडक निर्माणका क्रममा विद्युत पोल भाँचिएको थिए। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले विद्युत सुचारुका लागि पहल नगर्दा चार दिनसम्म अन्धकारमा बस्न बाध्य भएको भन्दै स्थानीय आक्रोसित भएका छन्। विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रको कार्यालयमा पुगेर राजपुर क्षेत्रका स्थानीयले विद्युत सुचारुका लागि आग्रह गरेका थिए। वडा अध्यक्ष विजयराज जोशी लगायत विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रमा गएका थिए। वडा अध्यक्ष सहितको गाँउका स्थानीयहरुले प्राधिकरणलाई दवाव दिएपछि अहिले भने काम भइरहेको छ। २ ओटा पोल सहित तार तन्नु पर्ने भएकाले आज काम नसकिने देखिएको छ।