धनगढीको क्याम्पस चोकमा फहराउँदै राष्ट्रिय झण्डा
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा बत्ती स्तम्भमा राष्ट्रिय झण्डा राखिएको छ।
वडा कार्यालयको बजेटमा वडा अध्यक्ष नारायण बरालको योजनामा स्तम्भ निर्माण गरिएको हो।
चोकमा राखिएको स्तम्भ १७ मिटर अग्लो छ।
२ लाख ७५ हजारको लागतमा स्तम्भ तयार भएको अध्यक्ष बरालले जनाएका छन्।
स्तम्भमा ४ वटा बत्ती जडान गरिएको छ। झण्डै ७ सय मिटर सडक रातको समयमा झिलिमिली हुने गरेको स्थामनीयले बताएका छन्।
तस्बिरः नारायण अवस्थी
२०७८ फाल्गुन १६, ०९:३०
कमेन्ट लोड गर्नुस