एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका अवस्थीलाई आर्थिक सहयोग
धनगढीः एमसीसी सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका डडेल्धुराका हेमराज अवस्थीलाई नवदुर्गा गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। उनको उपचारका लागि भन्दै गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले ५० हजार सहयोग गर्ने बताए।
गत बिहीबार काठमाडौँको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा नवदुर्गा गाउँपालिका ५ सिरोलका अवस्थी गम्भीर घाइते भएका थिए। घाइते अवस्थीलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा सेन्टर रेफर गरिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।