सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस कैलालीको सभापतिका उम्मेदवार बमको प्यानलमा को-को परे ?

२०७८ फाल्गुन १४, ०२:०४ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस कैलालीको सभापतिमा उम्मेदवारी घोषणा गरेका प्रकाशबहादुर बम आफ्नो प्यानललाइ पुर्णता दिने तयारीमा छन्। उनले आफ्ना पक्षका कार्यकर्ताबाट प्यानलबाट चुनाव लड्ने अन्य पदाधिकारी र सदस्यको भने टुंगो लगाउने तयारी थालेका हुन्। 

अहिलेसम्म बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, सहसचिवमा राजेन्द्र खड्का र कृष्ण पाण्डेयको नाम फाइनल भएको बताइएको छ। यस्तै बाकी पदाधिकारी र सदस्यको पनि चाडै टुंगो लाग्ने बताइर्एको छ। सभापतिका उम्मेदवार बमले भर्खरै पार्टी कार्यालय पुगेर मनोनयन समेत दर्ता गरिसकेका छन्।

कमेन्ट लोड गर्नुस