सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा सेवा सुविधामा १३ करोड खर्च

विकास बजेट खर्चको अवस्था नाजुक 

२०७५ माघ ८, ११:२१ सीताराम ओझा

स्थानीय तहमा जन प्रतिनिधि आएपछि विकास निर्माणले गतिलिने आशा गरीएका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकाको विकास बजेट खर्चको अवस्था भने दईनीय देखिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकमको  एक तिहाई रकम खर्च भएको छ । त्यसमा विकास निर्माणमा भने निकै कम मात्रै खर्च भएको छ । १६ करोड १ लाख बजेट खर्च गरिएकोमा २ करोड ९३ लाख मात्रै विकास निर्माणमा खर्च भएको छ । त्यसकै हाराहारीमा सेवा सुविधा तलब भत्ता ईन्धनमा चार गुण वढी १३ करोड ८ लाख रकम खर्च भएको छ । 

२० वर्षपछि जन प्रतिनिधि पाएर विकासको लहर छाउने आशा जनतामा रहेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकाले जन चाहना अनुसार विकास निर्माणको काम गर्न नसकेको हो । नगरपालिकाको कुल वजेट ५८ करोड मध्ये चालु आर्थिक वर्षको ६ महिना सकिँदा १६ करोड १ लाख बजेट खर्च गरिएको छ । तर त्यसको चार गुण वढी सामाजिक सुरक्षा र तलव भत्तामा सकिदा विकास वजेट खर्चको अवस्था दईनीय छ । खर्च भएको रकममध्ये सवैभन्दा वढी तलव भत्तामा ८ करोड खर्चिएको छ भने सामाजिक सुरक्षामा ४ करोड ७० लाख खर्च भएको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिमालले जानकारी दिए । पदाधिकारीको पारिश्रमिक र सेवा सुविधामा पनि एक करोड वढी रकम खर्च भएको नगरपाकिालको लेखा शाखाले जनाएको छ । 

नगरपालिकाको कुल वजेट ५८ करोड मध्ये विकास वजेट ३४ करोड रहेको छ । त्यसमा आर्थिक वर्ष सकिन ६ महिना वाँकी रहँदा २ करोड ९३ लाख मात्रै खर्च भएको छ । झण्डै ३० करोडभन्दा वढी विकास निर्माणको वजेट अहिले पनि खातामै थन्किएको छ । विकास वजेटको ठुलो हिस्सा खर्च गरेर स्थानीय स्तरमा विकास निर्माणका कामहरुलाई तिव्रता दिनुपर्ने नगरवासीहरुले विकासको मुल फुटेको अनुभुती गर्न सकेका छैनन् । विकास निर्माणका कामहरु अगाडी वढाउनुको सट्टा सेवा सुविधा र तलव भत्ता वाड्नमै कृष्णपुर नगरपालिका वढी सक्रिय भएको वजेटको खर्च विवरणमा पनि देखिएको छ ।  कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिमाल अव कामले गति लिने दावी गर्छन् । 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिने जनताले आशा गरेका वेला जनताको आशा अनुसार स्थानीय तहहरुले काम गर्न सकेका छैनन । जनचाहना अनुसार विकास निर्माणका कामहरु हुन नसक्दा जन प्रतिनिधिहरु प्रति पनि जनताको निराशा वढ्दै गएको छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस