सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा छोरी भेट्न गएकी बृद्धा मृत फेला

२०७८ फाल्गुन १३, ०२:४७ खबर संवाददाता

बझाङः बझाङको बुंगल नगरपालिका–४ बस्ने ७० वर्षीया संन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी छन्। फागुन १० गते आफ्नो घरबाट छोरी भेट्न बित्थडचिर गाउँपालिका–६ गएकी उनी मृत फेला परेकी हुन्। उनी त्यहाँ नपुगेको खबर पाएपछि स्थानीयले खोजतलास गरेका थिए।

खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका–६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल बृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस