सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन १३, ११:४२ रासस

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–९ को ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान गरिएको छ। ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि उक्त क्यामेरा जडान गरिएको हो।

“पर्यटकीय क्षेत्र धारापानी जाने सडक र असिग्राम मावितर्फ जाने सडक र वडा कार्यालय परिसरमा  क्यामेरा जडान गरेका छौँ,” वडाध्यक्ष रमेशबहादुर ऐरले भने, “आपराधिक क्रियाकलाप नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउनका लागि क्यामेरा जडान गरिएको छ।” वडा कार्यालयले एक लाख ५० हजार खर्च गरी सडक, चोकचोक र संवेदनशील क्षेत्रमा आठभन्दा बढी क्यामेरा जडान गरेको हो। 

कमेन्ट लोड गर्नुस