सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुस–युक्रेन युद्ध–कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

२०७८ फाल्गुन १२, १२:५० खबर संवाददाता

काठमाडौंः रुसले युक्रेनमाथि सैन्य हमला सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य उकालोतर्फ लागेको छ। तेलको मूल्य सम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलरभन्दा माथि पुगेको जनाएको छ।

विश्व बजारमा तेलको मूल्य अहिलेसम्मको स्थितिमा ५.४९ प्रतिशतले बढेको छ। आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो। रुसले युक्रेनमाथि मिसाइलसहित सैन्य हमला सुरु गरेपछि मूल्य एकाएक आकासिएको हो।

कमेन्ट लोड गर्नुस