सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध सालको काठ बरामद

२०७८ फाल्गुन ११, ०६:२३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। प्रहरी टोलीले आज (बुधबार) कृष्णपुर ३ बाट काठ बरामद गरेको हो। 

प्रहरीका अनुसार नरेन्द्र बिष्टले चलाएको भे १ प ९१४३ नम्बरको ट्याक्टरमा अवैध काठ लुकाएर लैजादै बरामद गरिएको हो। बरामद गरिएको २० क्युफिट सालको काठ भने कारबाहीका लागि जिल्ला वन कार्यालय कञ्चनपुरमा बुझाएको छ। ट्याक्टर र चालकलाई पनि नियन्त्रणमा लिईएको छ।

कमेन्ट लोड गर्नुस