सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्तीलाई ढिलो भतेर खुवाएको भन्दै विवाह नै रद्ध, बेहुलीकी आमाले गरिन् उजुरी

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन ११, ०३:३२ खबर संवाददाता

काठमाडौंः भारतको बिहारमा खाना ढिलो दिएको भन्दै बेहुला पक्षले विवाह नै रद्ध गरेका छन्। भारतीय सञ्चारमाध्यमहरुले बताएअनुसार यो घटना बिहारको पूर्णिया जिल्लाको बटौना गाउँमा भएको हो। विवाहका निम्ति सबै तयारी पूरा भइसकेको थियो भने जन्ती पनि आइसकेका थिए।

तर, जन्ती आइपुगेपछि उनीहरुलाई खाना खुवाउन भने केही ढिलाइ भएको थियो। खानामा ढिलाइ भएपछि बेहुला र उनका बाबु रिसाएका थिए। त्यसपछि उनीहरुले विवाह प्रक्रिया अघि बढाउन अस्वीकार गरे। स्थानीय बासिन्दा र गाउँ पञ्चायतले बेहुला पक्षलाई मनाउने प्रयास गरे पनि उनीहरुले मानेनन् र विवाहस्थल छाडेर फर्किए। बेहुलाका बाबुले खाना तथा दाइजोको लागि बेहुलीको तर्फबाट भएको सबै खर्च फिर्ता दिँदै विवाह रद्द गर्ने घोषणा गरेका भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

बेहुलीकी आमाले बेहुला र उनका बाबुविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन्। प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस