सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष साउँद पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ फाल्गुन ११, ११:३८ खबर संवाददाता

बाजुरा: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँदलाई पक्राउ गरिएको छ।  ३ दिन पहिले दलित समुदायका एक जनालाई अश्लिल शब्द प्रयोग गरेर गाली गरेको अडियोसहित उजुरी आएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी धनदेव साउँदले बताएका छन्।

बडीमालिका–५ घर भएका साउँद मंगलबार राति मार्तडी बजारबाट पक्राउ परेका हुन्। पक्राउ परेका साउँदलाई जातीय छुवाछुत अन्तर्गत कसुरमा मुद्दा अगाडी बढाई म्याद थप भइसकेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस