सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक हजार २०५ जना सङ्क्रमणमुक्त

२०७८ फाल्गुन ९, ०७:४३ रासस

पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५२ हजार ५९९ सङ्क्रमणमुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २८२ रहेका छन्। यस अवधिमा थप ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २२५ पिसिआर परीक्षण गर्दा २४७ र दुई हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी ३८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ५४४ पुगेको छ । यस अवधिमा चारजनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस