सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति भण्डारी टिचिङ हस्पिटलमा

२०७८ फाल्गुन ९, ०१:४५ खबर संवाददाता

धनगढीः राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान महाराजगञ्ज नजिकैको त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल पुग्नुभएको छ। उनी बिहान पौने ९ बजे त्यहाँ पुग्नुभएको हो।

राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणको निम्ति अस्पताल पुग्नुभएको बताइएको छ। तर, उनी कस्तो खालको परीक्षणको लागि टिचिङ अस्पताल जानुभएको भन्नेबारे शीतल निवास र अस्पताल स्रोतले केही पनि खुलाएको छैन।

कमेन्ट लोड गर्नुस