शारदा मावि धनगढीका विद्यार्थीद्धारा कृषि उत्पादन प्रर्दशन
धनगढी उपमहानगरपालिका २ मा रहेको शारदा माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थी आफैले उत्पादन गरेका कृषि समाग्रीको प्रर्दशन गरेका छन्। विद्यालयकै जग्गामा कृषि प्राविधिक जेटिए विषय अध्ययन गर्ने विद्यार्थीले उत्पादन गरेको कृषि समाग्री आज प्रर्दशन गरेका हुन्।
शारदा माध्यमिक विद्यालयकै प्राङ्गणमा उनीहरुले आफुले उत्पादन गरेका तरकारी बाली प्रर्दशन गरेका हुन्। प्रर्दशनमा विद्यार्थीहरुले अर्गानीक आलु बन्दागोपी, फुलगोपी, टमाट्र, धनिया, च्याउ, लसुन लगायतका तरकारी राखेका थिए।
विद्यालयका जेटीए प्रशिक्षक टेकराज अवस्थीले १८ महिने कृषि जेटीए अध्ययन गर्ने विद्यार्थीलाई कृषि उत्पादन र बजारको ज्ञान होस भन्ने उद्देश्यले विद्यालयकै जग्गामा प्रयोगात्मक अभ्यास स्वरुप कृषि समाग्री उत्पादन गर्न लगाइएको जानकारी दिए।