सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको सुदूरपश्चिम महोत्सव माघ २१ देखि

२०७५ माघ ६, ०५:३९

कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आउदो माघ २१ गते देखी सञ्चालन हुने भएको छ। संघले हरेक बर्ष मंसिर २१ गतेदेखि पुष २ गते सम्म सञ्चालन गर्दै आएको महोत्सव यो वर्ष चुनावमा भएको ढिलाई कारण एक महिना पछि लाग्ने भएको हो।

२०६३ सालबाट कैलाली उद्योग वार्णिज्य संघले महोत्सव सञ्चालन गर्दै आएको छ। दिगो शान्तिका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले संघीय प्रहरी ईकाइको मैदानमा हुने महोत्सवको तयारी सुरु भईसकेको जानकारी दिए। महोत्सव सभ्य, भव्य तथा व्यवस्थित हुने उनले बताए। स्थानीय उत्पादनलाई पहिलो प्राथामिकता दिईने उनले बताए।   

कमेन्ट लोड गर्नुस