कुटपिट मुद्दामा फरार कञ्चनपुरका ३ जना पक्राउ
कञ्चनपुरः कुटपिट मुद्दामा फरार कञ्चनपुरका ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कुटपिट मुद्दामा १ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएको कृष्णपुर नगरपालिका–३ कटान बस्ने ४७ वर्षीय भान बहादुर विष्ट, ३२ वर्षीय मुकेश मल्ल र कुटपिट मुद्दामा १ महिना कैद सजाय र लालझाडी गाउँपालिका–५ बैजनाथटोल बस्ने ६५ वर्षीय दलबहादुर बिष्ट रहेका छन्।
जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जना प्रतिवादीहरुलाई बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।