सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि, २ संक्रमितको मुत्यु

२०७८ फाल्गुन ७, ०५:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९५५ जनाको एन्टिजेन र ४२ जनाको पीसीआर परीक्षण गर्दा आज १८ जनामा संक्रमण पुष्टि भएको हो। 

निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ६७ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये १९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा २ संक्रमितले ज्यान गुमाएका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ का ८२ वर्षीय वृद्धको मृत्यु भएको हो। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार उनी कोरोना संक्रमित भएर डडेल्धुरा अस्पतालमा उपचाररत थिए। 

कैलालीको गोदावरी नगरपालिका १ बस्ने ६८ वर्षीय परुषको पनि कोरोनाबाट शनिबार मृत्यु भएको छ।  उनी गत महिनाको २६ गते स्वास्थ्यमा समस्या आएर अस्पताल पुगेका थिए। २७ गते कोभिड परीक्षण गराएकोमा पोजेटिभ रिपोट आई कोरोना अस्पताल धनगढीमा उपचाररत थिए। उपचाररत उनको करिब १ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस