सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीनसहित चार जनालाई ‘युवा पत्रकारिता पुरस्कार’

२०७८ फाल्गुन ७, ०३:४१ खबर संवाददाता

धनगढीः युवा तथा खेलकुद मन्त्रालयले चार जनालाई ‘युवा पत्रकारिता पुरस्कार २०७८’ प्रदान गर्ने भएको छ। पुरस्कार प्राप्त गर्नका लागि दिएका आवेदनमध्येबाट तनहुँका बसन्ती बास्तोला, अछामका पूर्णबहादुर खड्का, डोटीका सीताराम ओझा र अछामका केशवबहादुर भुललाई पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ।

पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्‍याएबापत चारै जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले पुरस्कृतको नाम छनोट गरेको हो ।

चारै जनलाई एक कार्यक्रममाबीच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। युवा पत्रकारिता पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। २०७५ सालदेखि मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउँदै आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस