सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो पाँच वर्ष धेरै गल्ती गरेँः कमल थापा

२०७८ फाल्गुन ७, ०३:०८ खबर संवाददाता

काठमाडौंः राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन्। शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताए।

पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ छ। पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौं, लोकप्रिय चुनाव चिह्न गाई गुमायौं’ उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं।’
 

कमेन्ट लोड गर्नुस