सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका अवैध समान बरामद

२०७८ फाल्गुन ३, ०७:०९ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा भन्सार छलीका अवैध समान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत अस्थाई प्रहरी पोष्ट बन्साहबाट खटिएको प्रहरी टोलीले शुक्लाफाटा नगरपालिका ११ कालागौडीबाट भारतबाट भन्सार छलीका अवैध सामान बरामद गरेको हो। 

६६ हजार ५०० बराबरको चिनी २२ बोरा, माईक्रोनि पास्ता २ बोरा, चनाको दाल १ बोरा, बेसन आटा १० किलो, नेपकिन टिस्यु पेपर ४६ पाकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानूनी कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस