सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको साइपालमा हेलिकोप्टरमार्फत चामल ढुवानी

२०७८ फाल्गुन १, ०४:१४ खबर संवाददाता

बझाङ: बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत चामल ढुवानी गरिएको छ। आइतबार नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट हेलिकोप्टरबाट चामल साइपाल पु¥याइएको हो। लगातार भएको हिमपातका कारण त्यहाँ खाद्यान्न अभाव भएको थियो। 

हेलिकोप्टरले ३ पटक गरेर ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पु¥याएको हो। उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ। 

हिमपातका कारण साइपाल गाउँपालिकामा पाँचदेखि सात फिटसम्म हिउँ जमेकाले बाटाघाटा बन्द छन्। स्थानीयको घरमा सञ्चित खाद्यान्न पनि सकिएपछि खाद्यान्नको चरम अभाव सुरु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस