महाकालीमा फसेकी महिलाको उद्धार
२०७८ फाल्गुन १, ११:२४
दार्चुला: महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सतह बढेर बीचमा फसेकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ। महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ वर्षीया लिला वडलाई प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको हो।
आइतबार बिहान लिला महाकालीको बीच भागमा अड्कीएर रोइकराइ गरीरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
कमेन्ट लोड गर्नुस