सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पसलबाट गुट्का चोरी गर्ने २ जना पक्राउ

२०७८ माघ २७, ०४:१९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको एक पसलबाट चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। यहि माघ २१ गते राति भीमदत्त नगरपालिका–१८ स्थित पदम रैकालको पसलबाट सामान चोरी गर्ने २ जना पक्राउ परेका हुन्। 

पसलबाट गुट्का चाउचाउ, बिस्कुट लगायतका समान चोरी गरेको आरोपमा सोही वडाका  विशाल चौधरी र शाहिल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चोरी भएका सर–समानसहित पक्राउ परेका उनीहरुमाथि अदालतबाट ५ दिन म्याद थप लिइ अनुसन्धान भइरहेको छ। 

कमेन्ट लोड गर्नुस