सेती प्राविधिक शिक्षालय : छानबिन समिति गठन
डोटीः सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ।
उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा अनियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो।
समितिले आजदेखि आफ्नो काम थालनी गरेको छ। उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहेका छन्। शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई जिम्मेवारीबाट हटाइएको छ।