सुदूरपश्चिममा थप ६५ जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिम थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ५८ जनाको एन्टिजेन र ६ जनाको पीसीआर परीक्षण गर्दा आज ६५ जनामा संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामध्ये १८ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९३८ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ३ हजार १०७ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ६७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।