सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले गरे डेलिभरी चालकलाई पक्राउ, आफैंले पुर्‍याइदिए खाना

२०७८ माघ १५, ०३:१० खबर संवाददाता

धनगढीः सामान्यतया अनलाइनबाट सामग्री अर्डर गर्दा बाटोमा कुनै समस्या भए उक्त सामग्री आइपुग्न ढिला हुन्छ। तर, अमेरिकामा भने एक प्रहरी अधिकारीले बाटोमा डेलिभरी चालक पक्राउ परेपछि आफैंले उक्त सामग्री गन्तव्यमा पुर्‍याइदिएका छन्। सीएनएनका अनुसार एक महिलाले अनलाइनबाट खाना अर्डर गरेकी थिइन्। बाटोमा प्रहरीले डेलिभरी चालकलाई पक्राउ गरेको थियो। तर, उक्त खाना प्रहरी आफैंले उक्त लोकेसनमा पुर्‍याइदिएको थियो। 

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा खाना लिएर प्रहरीका अधिकारी महिलाको घरमा पुगेको देख्न सकिन्छ। भिडियोमा प्रहरी अधिकारीले भनेका छन्, ‘मलाई थाहा छ तपाइँ कसको प्रतीक्षामा हुनुहुन्थ्यो। तपाइँको चालक केही नियम उल्लंघन गरेको कारण पक्राउ परेको छ। त्यसैले मैले यो खाना तपाइँको लागि ल्याइदिएको हुँ।’ 

प्रहरीको यो कार्यलाई उनका सिनियर अधिकारीहरुले पनि प्रशंसा गरेका छन्। यो खाना अर्डर गरिएको कम्पनीले पनि आफ्ना सबै चालकहरुलाई कानुन कडाइका साथ पालना गर्न आग्रह गर्दैै खाना डेलिभरी गरिदिने प्रहरीलाई धन्यवाद दिएको छ। 

कमेन्ट लोड गर्नुस