मास्क लगाउन सुझाउँदै कैलालीका सिडीओ र एसपी सडकमा (फोटोफिचर)
धनगढीः कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापा नेतृत्वको समूहले धनगढीमा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिएको छ।
कोरोना भाइरसको संक्रमण तिव्र फैलिएका बेला सिडीओ नेतृत्वको टोलीले नागरिकलाई मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरेको हो।
आइतबार सिडीओसहित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलगायतको संयुक्त टोलीले धनगढीका बजार क्षेत्रका व्यापारी र सर्वसाधारणलाई कोरोनाको संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।
उनीहरु आफै बजारमा घुमेर सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै थिए।
फाेटाे: कमल सावद
२०७८ माघ १०, १०:४३
कमेन्ट लोड गर्नुस