बैतडीका २१ वर्षीय खडायत कांग्रेसको क्षेत्रीय समिति सदस्यमा मनोनित
बैतडी: नेपाली कांग्रेस बैतडीको प्रदेश सभा क्षेत्र (क)को क्षेत्रीय समितिको सदस्यमा २१ वर्षीय महेश खडायत मनोनित भएका छन्। नेपाल विद्यार्थी संघको जिल्ला सदस्य समेत भइसकेका खडायत नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट प्रदेश प्रतिनिधिमा चयन भएका थिए। प्रदेश क्षेत्रीय कार्यसमितिले खडायतलाई क्षेत्रीय सदस्यको रुपमा मनोनित गरेको प्रदेश क्षेत्रीय समितिका सचिव रिकेशबहादुर बोहराले बताए।
प्रदेश क्षेत्रीय कार्यसमितिले कोषाध्यक्षमा खेमराज लुहार र सदस्यमा सुनिता भट्टलाई मनोनयन गरेको सचिव बोहराले बताए। विधान अनुसार मनोनयन गर्नुपर्ने सदस्यहरु पछि पनि मनोनयन गरिने उनले बताए।