सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवक लागूऔषधसहित पक्राउ

२०७८ माघ ५, ०२:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। बेलौरी नगरपालिका ६ बुटाबारीबाट करिब ७ ग्राम ५८ मिलिग्राम अवैध लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित उनलाइ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ बस्ने ३३ वर्षीय राजेश स्वार रहेका छन्। स्वारलाइ मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ। से ५ प ८७४८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो।

कमेन्ट लोड गर्नुस