सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रमा सेन्टरका ५२ स्वास्थ्यकर्मी संक्रमित

२०७८ माघ ३, १०:४८ खबर संवाददाता

काठमाण्डौँः राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

गत दुई तीनयता संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले बताए।

डा. जोशीका अनुसार एमसीएच गर्ने सिनियर चिकित्सक, कन्सलटेन्ट चिकित्सक, नर्स तथा फिजियोथेरापिस्ट, ल्याबका कर्मचारी लाई संक्रमण पुष्टि भएको छ।

दुई तीनभित्रमा ५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए। स्वास्थ्यकर्मी संक्रमित हुँदै जाँदा अस्पतालको प्रभावति हुँदै गएको उनी बताउँछन्।

स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि सेन्टरले सोमबार सबै युनिटका प्रमुखहरु, सिनियर चिकित्सक, नर्स लगायतसँग बैठक राखेको छ।

डा. जोशीका अनुसार कोरोना लक्षण देखिएका बिरामीलाई आइसोलेसनमा राख्ने, अप्रेसन सेवामा रुटिनका केसहरुलाई भन्दा आकस्मिक केसलाई बढी प्राथमिकता दिने र रुटिनका केसलाई कम गर्ने निर्णय गरिएको छ।

स्वास्थ्यकर्मी पालैपालो ड्युटीमा लगाउने तयारी भइरहेको छ। बिरामीका आफन्त दुई जना समेत आउन पाउने व्यवस्था लागू गरेका उनले बताए। 

कमेन्ट लोड गर्नुस