सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा युवक हत्या प्रकरणः शव अस्पतालमै, क्षतिपूर्ति माग

२०७८ माघ २, ०२:०५ खबर संवाददाता

बैतडीः बैतडीमा हत्या गरिएका युवकको शव आफन्तले अझै बुझेका छैनन्। सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको बुधबार राति शव फेला परेकोमा अहिलेसम्म आफन्तले शव नबुझेका हुन्। 

आफन्तहरले हत्यामा संलग्नलाइ कारबाही तथा उचित क्षतिपूर्तिको माग समेत राखेका छन्। मृतकको शव पोस्टमार्टमपछि जिल्ला अस्पातलमै राखिएको छ। यता, प्रहरीले हत्या आरोपमा हरिश अवस्थीलाई पक्राउ गरेको छ। मृतकका आफन्तहरूले भने घटनामा अन्य पनि संलग्न रहेको आशंका गरेका छन्। उनीहरुले सबै पक्राउ नपरेसम्म शव नउठाउने चेतावनी दिएका छन् । 

मंसिर १४ गते साँझ घरबाटै हराएका सूर्नया गाउँपालिका–६ खर्काधारका डम्मरको शव घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा बुधबार भेटिएको थियो।
 

कमेन्ट लोड गर्नुस