सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ माघ २, ०८:३९ खबर संवाददाता

धनगढी : बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ। भारतको उत्तराखण्डस्थित नानकमाता बस्दै आएकी अन्दाजी २९ वर्षीया आरती चन्दको चितुवाको आक्रमणबाट शनिबार मृत्यु भएको हो।

उनको परिवार विगत ५/६ वर्षयतादेखि भारत बस्दै आएको छ। हिजो दिउँसो घाँस काट्न जंगल गएकी चन्दको चितुवाको आक्रमणबाट मृत्यु भएको उनका आफन्त जय चन्दले बताएका हुन्। जयका अनुसार आरतीको पुख्यौली घर बैतडीको पञ्चेश्वर गाउँपालिका -५ गिरेगडा हालड हो। 

कमेन्ट लोड गर्नुस