सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा आजदेखि कडाइ, के-के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

२०७८ पुष २८, ०२:४३ खबर संवाददाता

धनगढीः कोरोना संक्रमण बढेपछि आज (बुधबार) बाट डोटीमा कडाइ गरिएको छ। मंगलबार बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले कडाइ गर्ने निर्णय गरेको हो। 

बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय डोटीले एक आदेश जारी गर्दै आजदेखि राजनीतिक भेला र मेला महोत्सव गर्नमा रोक लगाइएको छ। यस्तै आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायत सार्वजनिक ठाउँमा जाँदा आउँदा माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख गरेको छ। सार्वजनिक सेवा लिँदा  समेत अनिवार्य खोप कार्ड हुनुपर्ने गरी आदेश जारी भएको छ।

यस्तै विवाह, व्रतबन्धमा पनि २५ जनामात्रै भेला हुन पाउने र सुरक्षाका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ।

यस्तो छ आदेश 

कमेन्ट लोड गर्नुस