सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन १,४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

२०७८ पुष २६, ०५:०० खबर संवाददाता

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ र २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको छ।

यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

कमेन्ट लोड गर्नुस