सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जेसिजले धेरै कुरा सिकाएको छ’

२०७८ पुष २६, १२:५६

भनिन्छ, जेसीज १८ देखि ४० वर्षका युवाहरुको विश्वव्यापी विश्वविद्यालय हो।  जहाँ गएर सिक्ने प्रकृयाबाट व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराइन्छ । जेसिजको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दा सन् १९१० को घटनालाई बिर्सन सकिदैन। आज भन्दा ९३ वर्ष पहिले संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यमा पर्ने सेन्ट लुइस भन्ने शहरको परम्परागत सांस्कृतिक नृत्य लोप हुने अवस्थामा पुगेको  थियो। यस कुराले हेनरी गिसनवियर भन्ने एक जना युवकलाई चिन्तित तुल्याएको थियो। ती युवकले केही गर्नुपर्छ भन्ने दृढ निश्चय गरी सन् १९१० मा आफ्नो साथीहरुसँग मिलेर परम्परागत नृत्यशैलीलाई बचाउने उद्देश्य लिई हर्कुल्यानियस डान्स क्लब भन्ने संस्थाको स्थापना गरे र दत्तचित्त भई त्यसमा लागि परे।

५ वर्षपछि अर्थात सन् १९१५ सेन्टलुइसका भन्ने एकजना प्रतिष्ठित व्यक्तिले हर्कुल्यानियस डान्स क्लबका सदस्यहरुलाई मानिससँग प्रत्यक्ष सम्बन्ध राख्ने सवालहरुमा लाग्न तथा काम गर्न प्रेरित गरे। फलस्वरुपः सन् १९१५ अक्टोबर १३ का दिन गिसेनवियर र अन्य २२ जना युवाहरु मिलेर योङ्ग मेन्स प्रोग्रेसिभ सिभिक एसोसियसन भन्ने संस्थाको स्थापना गरे। यसरी सन् १९१५ अक्टोबर १३ का दिनलाई विधिवत जेसिज संस्थाको स्थापना दिवसको रुपमा लिइएको छ।

यसको स्थापनाको ५ महिनाभन्दा कम समयमा यस संस्थाको सदस्य संख्या ७५० पुग्यो। यसको लगत्तै अर्को वर्ष सने १९१६ मा यस संस्थाको नाम परिवर्तन भयो। जुनियर सिटीजेन्स भन्ने नाम राखियो।  जेसिज भन्ने शब्दको उत्पत्ति पनि यसै नामबाट भएको हो जुनियर सिटीजेन्सलाई छोटकरीमा वा संक्षेपमा भन्नुपर्दा ‘जेसीएस’ भनियो कालान्तरमा ‘जेसीएस’ को उच्चारण गर्दा जेसिज भएर रहन गएको हो। फेरि सन १९१८ मा यस संस्थाको नाम सेन्टलुइस चेम्बर अफ कमर्शसँग विधिवत सम्बन्धन प्राप्त ग¥यो र यसको नाम सेन्टलुइस जुनियर चेम्बर अफ कर्मश राखियो। तर यसको छोटो नाममा कुनै खास परिवर्तन भएन अर्थात छोटकरीमा नामको रुपमा जेसिज नै भएर आयो।

प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ। जेसिज त्यस्तो संस्था हो जसले आफना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँछ। तिनीहरुको व्यक्तित्व विकास गरी नेतृत्व दिन सक्षम बनाउँछ। र, एक असल नागरिक बनाउने प्रयत्न गर्दछ। समष्टिगत रुपमा जेसिजले मानविय विकासमा बढी जोड दिएको छ भन्ने सकिन्छ। यो सभ्य र विकसीत समाज निर्माणका लागि आवश्यक पनि छ। किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ।

नेतृत्व शब्दको उच्चारण सुन्ना साथ प्रायः हामी  समाजमा त्यसको अर्थ राजनीतिसँग जोडिरहेका हुन्छौं। हामी सबैले आफनो जीवनको दिनचर्यामा महसुस गरेका छौं नेता भनेको राजनीतिमा लाग्ने व्यक्ति मात्रै हो।  जेसिजले नेतृत्वको विकास गराउने भनेको राजनीतिक नेताको उत्पादन गर्नु मात्र हैन वास्तवमा संसारका प्रत्येक व्यक्तिले कुनै न कुनै रुपमा कहिँ न कहिँ नेतृत्व गरि नै रहेको हुन्छ। हरेक क्षेत्रमा नेतृत्वको प्रभाव रहि रहन्छ। व्यवसाय, सीनेमा क्षेत्र, घर परिवार, साथी समूह हरेक ठाउँमा नेतृत्व कसै न कसैले गरिरहेको हुन्छ। तर पनि हामी नेता अर्थात नेतृत्व सुन्ना साथ राजनीतीसँग यसलाई जोड्छौ सायद राजनीतिमा चाहेको जस्तो नेतृत्व नपाए नेतृत्वको भोकले। 

नत्र त कार्यालय प्रमुख, शाखा प्रबन्धक, महा प्रबन्धक, क्याम्पस प्रमुख, विभागीय प्रमुख शिक्षक, प्रशासक, अभिभावक, अध्यक्ष, सचिव, कोषाध्यक्ष, यी सबै नेतृत्वका स्वरुप हुन्। यस स्वरुप भन्दा बाहिर सायदै कुनै मानिस पर्दछ। यदि कोही परिहाले छ भने पनि पनि आफुले आफ्नो भविष्यको, आफ्नो परिवारको र आफूलाई नेतृत्व गरिरहेको हुन्छ। यसरी नेतृत्व गर्दा त्यसमा प्रभावकारिता ल्याउन भनौ वा लक्ष प्राप्त गर्न वा सफल हुन भनौं त्यसका लागि मानिस भित्र नेतृत्वको आधारभूत क्षमताको आवश्यकता पर्दछ। नेतृत्वको आधारभूत क्षमता बिकासको लागी जेसिजको आफ्नो छुट्टै पहिचान छ। 

हाल विश्वमा १०६ वटा राष्ट्र भन्दा बढी राष्ट्रमा यो संस्था क्रियाशील छ। नेपाल लगायतका केही सिमित देशमा जेसिजकै एउटा प्रयोजनाको रुपमा जुनियर जेसिज सँगै सुरुवात भयो। जेसिजकै उदेश्यहरु बोकेको जुनियर जेसीजले काम गरिरहँदा जुनियर जेसिजमा पनि एक चोटिलाई मात्रै नेतृत्वमा लगायतका विधि पनि यथावत् छन्। 

धनगढीमा सन् २०१५ देखि सुरु भएको जुनियर जेसिजको अहिले वर्ष २०२२ को लागि निराजन जोशी निर्वाचित भएका छन्। कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत निराजन जानी नजानी जेसिजमा लागेको बताउँछन्। ‘म साथीहरूको लहैलहैमा लागेर जुनियर जेसिजमा लागेको थिए तर धेरै राम्रो गरेछु। यसमा लागि सकेपछि महसुस गरे’, उनी भन्छन्, ‘मलाई सुरुवातका दिनहरुमा बोल्न समेत डर लाग्थ्यो अहिले त विषयवस्तुमा दिनभरी पनि बोल्न सक्ने भए। आत्मविश्वासको निर्माण भयो। जेसिजले धेरै कुरा सिकायो।’

जुनियर जेसिज के–का लागि हो भन्ने प्रश्नमा पनि उनी भन्छन्, ‘२२ वर्ष भन्दा मुनि १८ वर्ष सम्मका युवाहरुको संस्था जसले युवाहरूमा नेतृत्व विकास व्यक्तित्व विकास र उद्यमशीलता विकास गर्छ।’ उनी धनगढी जेसिजसँग जोडिनको लागी युवाहरूलाई आग्रह पनि गर्छन्, ‘हामी अब नयाँ समितिमा रहेका साथीहरूको बैठक बसेर एउटा निश्चित सदस्यता फी निर्धारण गर्छ। त्यो फी बुझाएर एउटा फर्म हुन्छ। त्यो भरेर तपाईं हामीसँग जोडिन सक्नुहुन्छ। मेरो योजना पनि अहिले संगठनात्मक रुपमा धनगढी जुनियर जेसिजलाई बलियो बनाउने भन्ने छ। नयाँ साथीहरूलाई जोडिनको लागि आग्रह गर्दछु।’

जुनियर जेसिज धनगढीको लागि निराजनका विभिन्न योजना छन्। उनी गरेर सिक्ने कुरामा आफुले विश्वास गर्ने बताउँछन्। यही विश्वासले होला महिनामा एउटा कार्यक्रम अर्थात् वर्ष १२ वटा कार्यक्रम समाजको लागि गर्ने उनको अगामी योजना छ। उद्यमशीलताको लागि पनि विभिन्न ट्रेनिङहरु सञ्चालन गरेर जानकारी प्रदान गर्ने उनको योजना रहेको बताए।

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा जुनीयर जेसिज धनगढीका अध्यक्ष निराजन जोशीसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)

कमेन्ट लोड गर्नुस