एमाले डडेल्धुराको अध्यक्षका लागि ओझा र साउँद भिड्दै
डडेल्धुराः नेकपा एमाले डडेल्धुराको नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ। नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुने बताइएको छ।
शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो। तर सहमति नभएपछि वर्तमान अध्यक्ष प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन)ले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ। जिल्ला सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।