सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको चित्रे पुलमा एकजना मृत अवस्थामा फेला 

२०७४ चैत्र २९, १०:०१

अछामको चित्रे पुलमा एकजना मृत अवस्थामा फेला परेका छन्। मंगलसेन नगरपालिका ३ लाछिमाना बस्ने ३५ बर्षीय रुप बोगटी बुधबार राति चित्रे पुलमा मृत अवस्थामा भेटिएका हुन्। प्रहरीले दिएको जानकारी अनुसार पायल र मंगलसेनको बीचमा बुढीगंगा माथि बनेको झोलुंगे पुल तल राति ९ बजेतिर उनको शव भेटिएको हो। प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले एकजना मानिस पुलबाट खसेको खवर आएपछि घट्नास्थल पुग्दा  मृत अवस्थामा भेटिएको जानकारी दिए।

मृतकको खल्तिमा मदिराको बोतलसमेत भेटिएकोले मदिरा सेवन पश्चात् लडेर घट्ना भएको हुन सक्ने प्रारम्भीक अनुमान प्रहरीले गरेको छ। न्यौपानेले शव पोष्र्टमाटमका लागि जिल्ला अस्पताल ल्याइन लागिएको र घट्नाको अनुसन्धान भैरहेको जानकारी दिए। मृतकका आफन्तले भने हत्याको आशंका गरेका छन । मृतका दुई छोरी र एक छोरा छन्।
 

कमेन्ट लोड गर्नुस