एमाले दार्चुला अधिवेशनः यस्तो छ निर्वाचन तालिका
धनगढीः नेकपा एमाले दार्चुलाको जिल्ला नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ। तर, यसैबीच एमाले दार्चुलाको निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ। निर्वाचन कमिटीले सार्वजनिक गरेको तालिका अनुसार आज साँझ ४ बजे मतदाताको नामावली प्रकाशन गरिनेछ। साढे ४ बजे मतदाता नामावली बिरुद्ध दाबी, बिरोध र सुधार, ५ बजे मतदाता नामावली उपर परेको दाबी बिरोध र सुधारको सूचना प्रकाशन गरिनेछ। साढे ५ बजे दावी बिरोध उपर छानविन र निर्णय, ६ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, साढे ६ बजे उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ।
यसैगरी, साँझ ८ बजे उम्मेदवारको दरखास्त फारम दर्ता, १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ११ बजे उम्मेदवारको बिरोधमा उजुरी दर्ता, साढे ११ बजे उजुरी उपर छानविन र निर्णय गरिने प्रमुख निर्वाचन अधिकृत गगनसिंह धामीले बताए। उनका अनुसार राति १२ बजे उम्मेदवारको नामावली पुनःप्रकाशन, आइतबार बिहान १२ बजे उम्मेदवारी फिर्ता, दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। त्यस्तै, सोमबार बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान सम्पन्न गरिने छ। सोमबारनै मतगणना गरि सपथ ग्रहण गराइने निर्वाचन कमिटीले जनाएको छ।