दार्चुलामा भिरबाट लडेर युवकको मृत्यु
२०७८ पुष २२, ०६:०४
दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका वडा नम्बर २ घुसाका अन्दाजी २८ वर्षीय जनकसिंह धामीको लडेर मृत्यु भएको हो।
बुधबार घर नजिकैको भिरमा दाउरा संकलन गर्ने क्रममा लडेर धामीको मृत्यु भएको प्रहरीले बताएको छ। मृतक धामी नेकपा (एकीकृत समाजवादी) अपिहिमाल गाउँपालिका कमिटी सचिवालय सदस्य समेत रहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस