सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पशुचौपायालाई खोरेत रोग विरुद्धको खोप दिन सुरु

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ पुष २०, १०:५३ खबर संवाददाता

दार्चुला: दार्चुलामा पशुचौपायाहरुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले खोप अभियान सुरु गरेको हो। जिल्लाका विभिन्न स्थानीय तहमा पशुहरुलाई खोरेत रोग देखा परेपछि खोप दिन सुरु गरिएको विज्ञ केन्द्रले जनाएको छ। 

उक्त रोगलाई नियन्त्रण गर्न तथा अन्य पशुमा सर्नबाट रोक्नका लागि केहीदिन पहिलेदेखि खोप लगाउन सुरु भएको बताएको छ। शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मार्मा गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु गरिएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खडकाले बताए।  उनका अनुसार हालसम्म जिल्लाको शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिकामा १/१ हजार तथा मार्मा र मालिकार्जुनमा पनि ५/५ सय गरी ३ हजार पशुहरुमा खोरेत रोगसविरुद्धको खोप लगाइएको छ।

कमेन्ट लोड गर्नुस