भोलिदेखि बैंकले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत निक्षेप गणना गर्न पाउने
काठमाडौंः वाणिज्य बैंकले भोलि ९मंगलबार०देखि स्थानीय लतहको सञ्चित कोषमा रहेको ८० प्रतिशत निक्षेपको रूपमा प्रयोग गर्न पाउने भएका छन्। राष्ट्र बैंक बैकिङ विभागले सोमबार एक परिपत्र जारी गर्दै २०८९ असार मसान्त सम्मको लागि स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको ८० प्रतिशतसम्म निक्षेपको रूपमा गणना गर्नसक्ने व्यवस्था गरेको हो।
तर, त्यस्तो निक्षेपबाट आयात र व्यापारिक क्षेत्र बाहेक उत्पादनशीलल क्षेत्रमा मात्रै कर्जा परिचालन गर्न पाउने राष्ट्र बैंकले जनाएको छ। 'स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रबाहेक उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउनेगरी यही २०७९ असार मसान्तसम्मका लागि मात्र वाणिज्य बैंकहरूले निक्षेपको रूपमा गणना गर्ने गरी निर्णय भएको छ,' राष्ट्र बैंकको परिपत्रमा भनिएको छ।
अर्थ मन्त्रालयको उक्त निर्णय कार्यान्वयनका लागि मिति २०७८/०९/२० गतेदेखि राष्ट्र बैंकमा स्थानीयतहको कारोबारको सोधभर्नाका लागि संलग्न संशोधित नमुना बमोजिम स्थानीय तहको सञ्चितकोषको ८० प्रतिशतसम्म रकम बैंकमा नै रहने गरी बाँकी २० प्रतिशत रकम राष्ट्र बैंकमा जम्मा हुने गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। उक्त परिपत्र सँगै बैकमन तत्कालका लागि करिब ४५ देखि ५० खर्ब लगानीयोग्य पुँजी आउने बैंकरहरू बताउँछन् ।