कञ्चनपुरको भीमदत्तमा ५ महिनामा ५ करोड राजस्व संकलन
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच महिनामा पाँच करोड राजस्व संकलन गरेको छ। नगरपालिकाले आन्तरिक आय अन्र्तगत मात्रै उक्त राजस्व संकलन गरेको हो।
नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालु आर्थिक वर्षको मंसिरसम्ममा उक्त राजस्व संकलन भएको बताए। उनका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संललन गर्ने लक्ष्य लिईएकोमा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भईसकेको छ।
त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबाफत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य कर अन्र्तगत सात करोड ५० लाख रुपयाँ प्राप्त हुने लेखा प्रमुख उपाध्यायको भनाई छ। भीमदत्त नगरपालिकाकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउदैँ लगेको छ। चार वर्षअघि नगरपालिकाको आय करिब चार करोड रुपैयाँ रहेकोमा गत वर्षसम्मा त्यसमा वृद्धि गरी २१ करोड पुर्याईएको छ।